दफा २३
अन्य कोष सम्बन्धी व्यवस्था
(१) विपद् व्यवस्थापनको लागि प्रत्येक प्रदेश, जिल्ला तथा स्थानीय तहमा विपद् व्यवस्थापन कोष रहनेछ।
(२) प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले विपद् व्यवस्थापन सम्बन्धी काम गर्दा जिल्ला विपद् व्यवस्थापन समिति मार्फत गराउन सक्नेछ र सो प्रयोजनको लागि उपदफा (१) बमोजिमको प्रदेश विपद् व्यवस्थापन कोषबाट आवश्यक रकम जिल्ला विपद् व्यवस्थापन कोषलाई उपलब्ध गराउनु पर्नेछ।
(३) उपदफा (१) बमोजिमको प्रदेश विपद् व्यवस्थापन कोष तथा स्थानीय विपद् व्यवस्थापन कोषमा रहने रकम तथा त्यस्तो कोषको सञ्चालन सम्बन्धी व्यवस्था सम्बन्धित प्रदेश तथा स्थानीय तहले बनाएको नियममा तोकिए बमोजिम हुनेछ।