दफा ३५
अन्य सुविधा
 (१) यस परिच्छेदमा उल्लिखित सुविधाको अतिरिक्त विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगले देहाय बमोजिमको सुविधा पाउनेछ M–
(क) सम्झौतामा लेखिए बमोजिम वण्डेड वेयर हाउसको उपयोग गर्न,
(ख) उद्योग बीच सब–कन्ट्रयाक्टिङ्ग गर्न,
(ग) तोकिए बमोजिम छरितो (एक्सलेरेटेड) दरमा ह्रास  कट्टी गर्न ।
 (२) नेपाल सरकारले प्राधिकरणको सिफारिसमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमका अन्य सुविधा उद्योगलाई प्रदान गर्न सक्नेछ ।