दफा ४०
अयोग्य नमानिने
प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कसूरजन्य कार्य गरेको कारणबाट कुनै पद वा सुविधा प्राप्त गर्न कुनै व्यक्ति कानून बमोजिम अयोग्य हुने रहेछ भने बालबालिका हुँदाको अवस्थामा निजले गरेको कसूरजन्य कार्यको आधारमा निज सो पद वा सुविधा प्राप्त गर्न अयोग्य मानिने छैन।