नियम
आरक्षभित्र प्रवेश
(१) आरक्षभित्र प्रवेश गर्न चाहने वा आरक्षभित्र क्याम्पिङ्ग गर्न (बास बस्न) चाहने व्यक्तिले अनुसूची -१ बमोजिमको दस्तुर बुझाई अनुसूची-२ बमोजिमको प्रवेशपत्र लिनु पर्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नियम १९ बमोजिम बाटोको सुविधा प्रयोग गर्ने व्यक्तिले आरक्षको सम्बन्धित प्रवेश चौकीबाट अनुमति लिई आरक्षभित्रबाट हिडेकोमा कुनै दस्तूर लाग्ने छैन ।
(३) आरक्षको अध्ययन भ्रमण गर्न चाहने कुनै शिक्षण वा अन्य कुनै संस्थाको टोलीलाई संरक्षकले नि:शुल्क प्रवेश गर्न दिन सक्नेछ ।