नियम ५
आरक्षमा प्रवेश आफ्नै दायित्वमा हुने
अनुमति लिई वा नलिई आरक्षभित्र प्रवेश गर्ने व्यक्तिलाई आरक्षभित्र कुनै किसिमको हानी नोक्सानी भएमा वा चोट पटक लागेमा वा निजको मृत्यु भएमा समेत त्यस्तो हानी नोक्सानी, चोट पटक वा मृत्यु भए वापत क्षतिपूर्तिको निमित्त नेपाल सरकार जिम्मेवार हुने छैन ।