दफा
आवासमा प्रवेश गर्दा सूचना दिनु पर्ने
(१) कुनै फौजदारी कसूरको सिलसिलामा दफा ७ बमोजिम कसैको आवासमा खानतलासी गर्नु पर्ने भएमा त्यसरी आवासमा प्रवेश गर्नु पर्ने प्रयोजन खुल्ने गरी निजलाई लिखित सूचना दिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम कुनै व्यक्तिको आवासमा प्रवेश गर्दा प्रचलित कानून बमोजिमका शर्त तथा कार्यविधि पूरा गर्नु पर्नेछ।
तर तत्काल खानतलासी नगरेमा आरोपित व्यक्ति भाग्ने वा उम्कने वा प्रमाण नष्ट हुने भएमा सो कुराको अभिलेख राखी प्रवेश गर्न सकिनेछ।