दफा ३३
एकद्वार इकाई
 (१) विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योग वा लगानीकर्तालाई प्रचलित कानून बमोजिम उद्योगले गर्नुपर्ने देहायका काममा सहयोग तथा सहजीकरण गर्न तथा अन्य आवश्यक सेवा, सुविधा तथा सहुलियत एकै स्थानबाट उपलब्ध गराउने प्रयोजनको लागि सम्बन्धित निकायका एकाईहरु रहने गरी एकद्वार एकाई स्थापना गरिनेछः-
(क)   उद्योगको दर्ता तथा उद्योग प्रशासन सम्बन्धी कार्य,
(ख)   विदेशी लगानीको स्वीकृति प्रदान गर्ने कार्य,
(ग)   कम्पनी दर्ता तथा प्रशासन सम्बन्धी कार्य,
(घ)   यस ऐन बमोजिम छुट, सुविधा वा सहुलियत प्रदान गर्ने सम्बन्धी कार्य,
(ङ)   आन्तरिक राजस्व विभागसँग समन्वय गरी स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र जारी गर्ने सम्बन्धी कार्य,
(च)   उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धी कार्य,
(छ)   भिसा सम्बन्धी कार्य,
(ज)   श्रम स्वीकृति सम्बन्धी कार्य,
(झ)   यो ऐन तथा वा यस ऐन अन्तरगत बनेको नियमावली बमोजिम प्राप्त हुने अन्य सेवा तथा सुविधा सम्बन्धी कार्य।
(२) उपदफा (१) मा उल्लिखित सुविधा बाहेक विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगलाई उपलब्ध हुने अन्य छुट, सुविधा वा सहुलियत नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ।