दफा ८०
कानून व्यवसायी नभएमा मुद्दाको कारबाही र किनारा नहुने
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बालबालिकाको विरुद्ध लगाइएको कसूरजन्य कार्यको अभियोगमा निजको प्रतिरक्षा गर्ने कानून व्यवसायी नियुक्त नभएसम्म बाल अदालतले त्यस्तो मुद्दाको कारबाही र किनारा गर्ने छैन।
(२) कसूरजन्य कार्यको आरोप लागेको बालबालिकाको तर्फबाट कानून व्यवसायी नियुक्त नभएको अवस्थामा सम्बन्धित बाल अदालतले वैतनिक कानून व्यवसायी वा अन्य कुनै इच्छुक कानून व्यवसायीको सेवा उपलब्ध गराउने व्यवस्था गर्नु पर्नेछ।