दफा ३९
कामदार वा कर्मचारीको पारिश्रमिक
(१) विशेष आर्थिक क्षेत्रभित्र स्थापना भएको उद्योगमा काम गर्ने कामदार वा कर्मचारीको न्यूनतम पारिश्रमिक प्राधिकरणले निर्धारण गरे बमोजिम हुनेछ ।
तर त्यस्तो पारिश्रमिक निर्धारण गर्दा नेपाल सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक भन्दा कम हुने गरी निर्धारण गर्न सकिने छैन ।
(२) उद्योगमा काम गर्ने विदेशी कामदार वा कर्मचारीले आफ्नो खुद पारिश्रमिकको सत्तरी प्रतिशतसम्म रकम परिवर्त्य विदेशी मुद्रामा नेपाल बाहिर लैजान पाउनेछ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “खुद पारिश्रमिक” भन्नाले प्रचलित कानून बमोजिम बुझाउनु पर्ने कर रकम बुझाए पछि बाँकी हुन आउने रकम सम्झनु पर्छ।