दफा २३
कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार
कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ M–
(क)   समितिको निर्णय तथा निर्देशन कार्यान्वयन गर्ने, गराउने,
(ख)   समितिबाट स्वीकृत कार्यक्रम कार्यान्वयन गर्ने, गराउने,
(ग)   विशेष आर्थिक क्षेत्रको सञ्‍चालन तथा व्यवस्थापन सम्बन्धी काम कारबाहीको निरीक्षण तथा अनुगमन गरी समिति समक्ष प्रतिवेदन पेश गर्ने,
(घ)   प्राधिकरणको दैनिक प्रशासन सञ्‍चालन गर्ने,
(ङ)   तोकिए बमोजिमका अन्य काम गर्ने ।