दफा ४६
केन्द्रीय बाल न्याय समिति
(१) बाल न्यायसँग सम्बन्धित काम गर्ने विभिन्न निकायहरू बीच समन्वय गर्ने काम समेतको लागि केन्द्रीयस्तरमा तोकिए बमोजिमको एक केन्द्रीय बाल न्याय समिति रहनेछ।
(२) केन्द्रीय बाल न्याय समितिको बैठक तथा काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ।