दफा ६१
खारेजी र बचाउ
 (१) विशेष आर्थिक क्षेत्र विकास समिति (गठन) आदेश, २०६९ खारेज गरिएको छ ।
(२) विशेष आर्थिक क्षेत्र विकास समिति (गठन) आदेश, २०६९ बमोजिम भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।
(३) विशेष आर्थिक क्षेत्र विकास समिति (गठन) आदेश, २०६९ बमोजिम गठित विशेष आर्थिक क्षेत्र विकास समितिको सम्पूर्ण चल, अचल सम्पत्ति तथा दायित्व यस ऐन अन्तर्गतको प्राधिकरणमा सर्नेछ ।