दफा ३७
छुट तथा सहुलियत नपाउने
(१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विशेष आर्थिक क्षेत्रमा स्थापना भएको उद्योगले कुनै आर्थिक वर्षमा आफ्नो उत्पादन दफा १३ बमोजिम निर्यात गर्न नसकेमा सो आर्थिक वर्षको लागि यस ऐन बमोजिम प्राप्त हुने कर छुट तथा सहुलियत पाउने छैन ।
(२) कुनै आर्थिक वर्षमा विशेष आर्थिक क्षेत्रमा स्थापना भएको कुनै उद्योगले उत्पादन गरेको वस्तु वा सेवामध्ये निर्यात गर्ने वस्तु वा सेवाको परिमाण त्यस्तो उद्योगको उत्पादन क्षमता तथा कच्चा पदार्थको प्रयोगको परिमाणको आधारमा तोकिए बमोजिम यकिन गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम उत्पादन गरेको परिमाण यकिन गर्न आवश्यक पर्ने विवरणको अभिलेख प्राधिकरणले अद्यावधिक रुपमा राखी सोको अनुगमन गर्नु पर्नेछ ।