दफा ४४
दीर्घ वा कडा रोग लागेका बालबालिका अन्य ठाउँमा सार्ने
(१) बाल सुधार गृहमा रहेका कुनै बालबालिकालाई कुनै दीर्घ वा कडा रोग लागेको कारण निरन्तर रूपमा उपचार गराई राख्नुपर्ने भएमा वा कुनै बालबालिका मानसिक वा शारीरिक रूपमा अशक्त भई वा निज नशालु पदार्थको कुलतमा लागेको कारण निजलाई अन्यत्र सार्नको लागि सम्बन्धित चिकित्सकले सिफारिस गरेमा बाल अदालतले त्यस्तो बालबालिकालाई निश्चित अवधिको लागि अन्य ठाउँमा सार्ने गरी आदेश दिन सक्नेछ।
(२) उपदफा (१) बमोजिम दिइएको आदेश अनुसार बालबालिकालाई राख्ने संस्था वा व्यक्तिले प्रत्येक छ महिनामा बालबालिकाको स्वास्थ्य सम्बन्धी प्रतिवेदन सम्बन्धित बाल अदालतमा पठाउनु पर्नेछ।
(३) उपदफा (२) बमोजिमको प्रतिवेदन समेतका आधारमा बालबालिका स्वस्थ्य भएको वा कुलतबाट मुक्त भइसकेको पाइएमा बाल अदालतले त्यस्तो बालबालिकालाई पूर्ववत स्थितिमा फर्काउन आदेश दिन सक्नेछ।