दफा २८
निर्देशनालय तथा बोर्ड
(१) आयोगको कार्य सम्पादनका लागि आयोगमा देहायका निर्देशनालय तथा बोर्ड रहनेछन्:-
(क)   मापदण्ड तथा प्रत्यायन निर्देशनालय,
(ख)   योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय,
(ग)   परीक्षा निर्देशनालय,
(घ)   नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज।
(२) निर्देशनालय तथा बोर्डको गठन, काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ।