दफा
निर्वाचनको मिति तोक्ने
: (१) नेपाल सरकारले निर्वाचनको मिति  तोक्नेछ ।
तर निर्वाचनको मिति तोक्नु भन्दा अघि नेपाल सरकारले आयोगको परामर्श लिनु पर्नेछ ।
(१क) उपदफा (१) बमोजिम निर्वाचनको मिति तोक्दा संविधानको धारा ८६ को उपधारा (३) बमोजिम कायम भएको पदावधि समाप्त भई रिक्त हुन आउने सदस्य पदको निर्वाचनको मिति सो पद रिक्त हुनु भन्दा पैँतीस दिन पहिले निर्वाचन हुने गरी मिति तोक्नु पर्नेछ। सो बाहेक अन्य कुनै कारणले पद रिक्त भई उपनिर्वाचन गर्नुपर्ने अवस्थामा पद रिक्त भएको मितिले पैंतीस दिन भित्र निर्वाचन सम्पन्न गर्ने गरी मिति तोक्नु पर्नेछ।
(२) यस दफा बमोजिम निर्वाचनको मिति तोकेको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।