दफा २६
पद रिक्त हुने अवस्था
देहायको अवस्थामा उपाध्यक्षको पद रिक्त हुनेछ:-
(क)     निजले पदबाट राजीनामा दिएमा,
(ख)     निज दफा २२ को उपदफा (४) बमोजिम पदमुक्त भएमा,
(ग)      निज दफा २५ बमोजिम उपाध्यक्षको पदमा बहाल रहन अयोग्य भएमा,
(घ)      निजको उमेर पैँसठ्ठी वर्ष पूरा भएमा,
(ङ)      निजको मृत्यु भएमा।