दफा
परिभाषा
 विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क)   “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।
(ख)   “अनुमतिपत्र” भन्नाले दफा ८ बमोजिम प्राप्त अनुमतिपत्र सम्झनु पर्छ ।
(ग)   “अनुमतिपत्रवाला” भन्नाले दफा ८ बमोजिम अनुमतिपत्र प्राप्त लगानीकर्ता सम्झनु पर्छ ।


"(घ) "उच्योग' भन्नाले दफा ५ बमोजिम विशेष आर्थिक क्षेत्रमा स्थापना गर्न. नसकिने उद्योगको सूचीमा समावेश भएको उद्योग बाहेकको अन्य उद्योग सम्झनु पर्छ।
(ङ)   “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।
(च)   “पूर्वाधार संरचना” भन्नाले विशेष आर्थिक क्षेत्रको विकासको लागि आवश्यक पर्ने संरचना सम्झनु पर्छ र सो शब्दले विशेष आर्थिक क्षेत्रमा स्थापना गरिने औषधालय, चिकित्सालय, हुलाक, बैंकिङ्ग सेवा, शिशु स्याहार केन्द्र, विद्यालय तथा चमेना गृहलाई समेत जनाउँछ ।
(छ)   “प्राधिकरण” भन्नाले दफा १४ बमोजिम स्थापना भएको विशेष आर्थिक क्षेत्र प्राधिकरण सम्झनु पर्छ ।
(ज)   “लगानीकर्ता” भन्नाले उद्योग वा पूर्वाधार संरचनाको निर्माणमा लगानी गर्ने व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्था सम्झनु पर्छ र सो शब्दले उद्योग वा पूर्वाधार संरचनाको निर्माणमा लगानी गर्ने विदेशी सरकार, विदेशी व्यक्ति वा अन्तर्राष्ट्रिय संस्थालाई समेत जनाउँछ ।
(झ)   “मन्त्रालय” भन्नाले उद्योग मन्त्रालय सम्झनु पर्छ ।
(ञ)   “विशेष आर्थिक क्षेत्र” भन्नाले दफा ३ बमोजिम तोकिएको विशेष आर्थिक क्षेत्र सम्झनु पर्छ ।
(ट)   “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्षलाई समेत    जनाउँछ ।
(ठ)   “समिति” भन्नाले दफा १९ बमोजिम गठित सञ्चालक समिति सम्झनु पर्छ ।