दफा
परिषद्को गठन
: (१) विपद् व्यवस्थापन सम्बन्धी कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न एक विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् रहनेछ ।
(२) परिषद्को गठन देहाय बमोजिम हुनेछ :-
(क)  प्रधानमन्त्री                                -अध्यक्ष
(ख)  नेपाल सरकारका मन्त्रीहरु   -सदस्य
(ग)  प्रतिनिधि सभाको विपक्षी दलको नेता             -सदस्य
(घ)  सबै प्रदेशका मुख्यमन्त्री                       -सदस्य
(ङ)  राष्ट्रिय योजना आयोगको उपाध्यक्ष         -सदस्य
(च)   नेपाल सरकारको मुख्य सचिव                  -सदस्य
(छ)   प्रधान सेनापति, नेपाली सेना                   -सदस्य
(ज)  मन्त्रालयको सचिव                          -सदस्य
(झ)  विपद् व्यवस्थापनको क्षेत्रमा विज्ञता हासिल
गरेका व्यक्तिहरूमध्येबाट कम्तीमा एक जना
महिला सहित परिषद्‍बाट मनोनीत तीन जना       -सदस्य
(ञ)  कार्यकारी प्रमुख                       -सदस्य सचिव
(३) उपदफा (२) को खण्ड (झ) बमोजिम मनोनीत सदस्यको पदावधि पाँच वर्षको हुनेछ ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि मनोनीत सदस्यको काम सन्तोषजनक नभएमा परिषद्ले निजलाई जुनसुकै बखत सदस्यको पदबाट हटाउन सक्नेछ ।
तर त्यसरी सदस्यबाट हटाउनु अघि निजलाई सफाइ पेश गर्न मनासिब मौका दिनु पर्नेछ ।