दफा ८१
पुनरावेदन
(१) बाल अदालत तथा दफा ७२ को उपदफा (८) बमोजिम मन्त्रालयले गरेको निर्णयमा चित्त नबुझेमा त्यस्तो निर्णय भएको पैंतीस दिनभित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन दिन सकिनेछ।
(२) उपदफा (१) र प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि बाल अदालतबाट बालबालिकाले सफाई पाउने गरी भएको फैसला उपर कानूनको व्याख्या सम्बन्धी त्रुटी भएको, नजीरको गलत प्रयोग भएको वा बुझ्नु पर्ने प्रमाण नबुझेको वा बुझ्न नहुने प्रमाण बुझेको कारणबाट इन्साफमा फरक परेको अवस्थामा बाहेक अन्य अवस्थामा पुनरावेदन लाग्ने छैन।