दफा ५४
पुनर्मिलन गराउनु पर्ने
(१) बालगृहमा रहेका बालबालिकाको बाबुआमा वा अभिभावक पत्ता लागेमा र बालबालिकाको उच्चतम हित हुने भएमा तोकिए बमोजिम पारिवारिक पुनर्मिलन गराउनु पर्नेछ।
(२) यो ऐन प्रारम्भ भएपछि दफा ४९ र ६९ बमोजिम बाहेक बालबालिकालाई बाल गृहमा राख्न पाइने छैन।