दफा ४६
प्राधिकरणको बजेट र खर्च
 (१) प्राधिकरणले यस ऐन बमोजिम आफ्नो कार्य सञ्‍चालनको लागि प्रत्येक आर्थिक वर्षको लागि आवश्यक पर्ने बजेट तयार गरी स्वीकृत गर्नु पर्नेछ ।
(२) प्राधिकरणको तर्फबाट गरिने सम्पूर्ण खर्च उपदफा (१) बमोजिम स्वीकृत बजेटको अधीनमा रही दफा ४५ बमोजिमको कोषबाट व्यहोरिनेछ ।
(३) यस ऐन बमोजिम कार्य सञ्‍चालन गर्नको लागि प्रत्येक आर्थिक वर्षको लागि आवश्यक पर्ने रकम सो कोषबाट व्यहोर्न नपुग हुन गएमा नपुग रकम प्राधिकरणले नेपाल सरकार समक्ष माग गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम रकम माग भई आएमा औचित्यताको आधारमा प्राधिकरणलाई आवश्यक पर्ने रकम नेपाल सरकारले उपलब्ध गराउन सक्नेछ ।