दफा ३३
बाल अदालतमा मुद्दा सर्ने
यो ऐन प्रारम्भ हुनु अघि कुनै बालबालिका उपर कसूरजन्य कार्यको आरोप लागी प्रचलित कानून बमोजिम जिल्ला अदालत वा अन्य निकायमा शुरू कारबाहीको क्रममा रहेका मुद्दा यो ऐन प्रारम्भ भएपछि सम्बन्धित बाल अदालतमा सर्नेछ।