नियम
मनोनयनपत्र साथ उम्मेदवारले पेश गर्नु पर्ने कागजात
नियम ५ मा उल्लिखित कागजातको अतिरिक्त उम्मेदवारले मनोनयनपत्र साथ देहायका कागजातहरु समेत पेश गर्नु पर्नेछ ः-
(क) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
(ख) वडा अध्यक्ष र वडा सदस्य पदको लागि सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा,
(ग) दलित महिला वडा सदस्य पदको लागि सम्बन्धित गाउँपालिका, नगरपालिका वा अधिकार प्राप्त निकायले दिएको दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा,
(घ) अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको लागि सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा,
(ङ) गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको महिला सदस्य पदको लागि सम्बन्धित गाउँसभा वा नगरसभाको सदस्य रहेको निस्सा,
(च) गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको दलित वा अल्पसङ्ख्यक सदस्य पदको लागि सम्बन्धित गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा,
(छ) गाउँ कार्यपालिका, नगर कार्यपालिका वा जिल्ला समन्वय समितिको दलित वा अल्पसङ्ख्यक सदस्य पदको लागि सम्बन्धित गाउँपालिका, नगरपालिका वा अधिकार प्राप्त निकायले दिएको दलित वा अल्पसङ्ख्यक समुदायको व्यक्ति
भएको प्रमाणित हुने निस्सा,
(ज) जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्य पदको लागि सम्बन्धित जिल्लाभित्रका गाउँसभा वा नगरसभाको सदस्य रहेको निस्सा ।