दफा ४७
लेखा र लेखापरीक्षण
 (१) प्राधिकरणको लेखा नेपाल सरकारले अवलम्बन गरेको प्रचलित ढाँचा र तरिका बमोजिम राखिनेछ ।
(२) प्राधिकरणको लेखापरीक्षण महालेखापरीक्षकबाट हुनेछ ।
(३) नेपाल सरकारले प्राधिकरणको हिसाब किताब सम्बन्धी कागजातहरु तथा नगदी जिन्सी समेतको जुनसुकै बखत जाँच्न वा जँचाउन सक्नेछ ।