दफा २६
वार्षिक प्रतिवेदन
  आयोगले संविधानको धारा २९४ बमोजिम राष्ट्रपति समक्ष पेश गर्र्ने वार्षिक प्रतिवेदनमा अन्य विषयहरूको अतिरिक्त देहायका विषयहरू समेत समावेश गर्नु पर्नेछः –
 (क)  आयोगको वार्षिक कार्यक्रमको कार्यान्वयनको विवरण तथा लागत खर्च,
(ख) आयोगमा परेका उजुरीको विवरण तथा त्यस्तो उजुरी उपर आयोगले गरेको निर्णय तथा आदेशको विवरण, 
(ग) आयोगले नेपाल सरकार वा अन्य कुनै निकायलाई दिएको सुझाव तथा त्यस्तो निकायलाई गरेको सिफारिसको विवरण,
(घ)  खण्ड (ग) बमोजिमको सुझाब तथा सिफारिस कार्यान्वयनको अवस्था,
(ङ) आयोगको आर्थिक तथा भौतिक स्रोत साधन तथा त्यसको उपयोगको अवस्था,
(च) यस ऐन बमोजिम आयोगले पूरा गर्नु पर्ने दायित्व निर्वाहका सम्बन्धमा गरिएको अन्य काम कारबाहीको विवरण ।