दफा २६
वार्षिक प्रतिवेदन
  (१) आयोगले आपूmले गरेको काम कारबाहीको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र राष्ट्रपति समक्ष पेश गर्नु पर्नेछः – (२) उपदफा (१) बमोजिमको वार्षिक प्रतिवेदनमा अन्य विषयको अतिरिक्त देहायका विषय समेत समावेश गर्नु पर्नेछ । (क)  आयोगको वार्षिक कार्यक्रमको कार्यान्वयनको विवरण तथा लागत खर्च
 (ख) आयोगमा परेका उजुरीको विवरण तथा त्यस्तो उजुरी उपर आयोगले गरेको निर्णय तथा आदेशको विवरण,
  (ग) आयोगले नेपाल सरकार वा अन्य कुनै निकायलाई दिएको सुझाब तथा त्यस्तो निकायलाई गरेको सिफारिस तथा त्यस्तो सिफारिसको कार्यान्वयनको विवरण,
(घ)  आयोगको आर्थिक तथा भौतिक स्रोत साधन तथा त्यसको उपयोगको अवस्था
  (ङ) आयोगले स्थलगत अनुगमन गरेकोमा अनुगमनको विवरण, (च) यस ऐन बमोजिम आयोगले पूरा गर्नु पर्ने दायित्व निर्वाहका सम्बन्धमा गरिएको अन्य काम कारबाहीहरुको विवरण ।