दफा ५१
विवाद समाधान
 (१) लगानीकर्ता वा सम्बन्धित उद्योग वा प्राधिकरण बीच कुनै विवाद उठेमा सम्बन्धित पक्षहरुले मन्त्रालयको रोहबरमा आपसी छलफलद्वारा त्यस्ता विवादको समाधान गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम विवादको समाधान हुन नसकेमा अन्तर्राष्ट्रिय व्यापार कानून सम्बन्धी संयुक्त राष्ट्र संघीय आयोग (अन्सिट्राल) को प्रचलित मध्यस्थता नियम बमोजिम मध्यस्थताद्वारा समाधान गरिनेछ ।
(३) मध्यस्थता काठमाडौंमा हुनेछ र मध्यस्थतामा नेपालको कानून लागू हुनेछ ।
(४) उपदफा (१), (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि तोकिए बमोजिमको लगानी भएका उद्योगमा विदेशी लगानीका सम्बन्धमा उठेका विवादको समाधान विदेशी लगानी सम्झौतामा उल्लेख भए बमोजिम गर्न सकिनेछ ।