दफा ४९
वैकल्पिक हेरचाहको व्यवस्था
(१) दफा ४८ को उपदफा (१) को खण्ड (क), (ख), (ग), (घ), (ङ), (च) र (छ) बमोजिमका बालबालिकालाई वैकल्पिक हेरचाहको आवश्यकता भएका बालबालिका मानिनेछ।
(२) उपदफा (१) बमोजिमको बालबालिकालाई देहायको प्राथमिकताको आधारमा बाल कल्याण अधिकारीले वैकल्पिक हेरचाहको व्यवस्था मिलाउनु पर्नेछः–
(क)   बालबालिकाको आमा वा बाबुको तर्फका नातेदार,
(ख)   बालबालिकालाई हेरचाह गर्न इच्छुक परिवार वा व्यक्ति,
(ग)   बालबालिकालाई परिवारमा आधारित हेरचाह गर्ने संस्था,
(घ)   बालगृह।
(३) वैकल्पिक हेरचाह सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।