दफा
सञ्चालक समितिको गठन
(१) कोषको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कामका लागि एक कोष सञ्चालक समिति रहनेछ।
(२) समितिको गठन देहाय बमोजिम हुनेछः-
(क)   नेपाल सरकारले तोकेको विशिष्ट श्रेणीको अधिकृत      -अध्यक्ष
(ख)   सहसचिव, मन्त्रालय                               -सदस्य
(ग)   सहसचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय  -सदस्य
(घ)  सहसचिव, कर्मचारी प्रशासन सम्बन्धी विषय हेर्ने
नेपाल सरकारको मन्त्रालय                        -सदस्य
(ङ)   कार्यकारी निर्देशक                          -सदस्य-सचिव