दफा ३४
सुनुवाइ सम्बन्धी व्यवस्था
(१) बाल अदालतले बालबालिकाको उमेर र निजको परिपक्वता समेतलाई विचार गरी बालमैत्री वातावरणमा मुद्दाको सुनुवाइ गर्नुपर्नेछ।
(२) बाल अदालतले मुद्दाको सुनुवाइ गर्दा बालबालिकालाई सहभागी बनाउनु पर्नेछ र निजलाई आफ्नो भनाई स्वतन्त्र रूपमा व्यक्त गर्ने अवसर प्रदान गर्नु पर्नेछ।