दफा १५१
अख्तियारनामा वारिसनामा रीतपूर्वकको हुनुपर्ने

(१) अदालतले वारिसनामा दर्ता गर्नु अघि त्यस्तो वारिसनामा यस परिच्छेद बमोजिम रीत पुगे वानपुगेको जाँच गरी रीतपूर्वकको देखिएमा दर्ता गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम जाँच गर्दा वारिसनामा रीतनपुगेको देखिएमा रीत नपुगेको कारण खुलाई रीत पुर्‍याई ल्याउन तीन दिनको म्याद दिई दरपीठ गरिदिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम दरपीठ गरिएको वारिसनामाम्यादभित्र रीत पुर्‍याई ल्याएमा अदालतले त्यस्तो वारिसनामा दर्ता गर्नु पर्नेछ ।