दफा १९
अङ्ग ग्रहण गर्ने व्यक्तिको मन्जुरी हुनुपर्ने
(१) यस ऐन बमोजिम अङ्ग प्रत्यारोपण गर्दा अङ्ग ग्रहण गर्ने व्यक्तिको पनि मन्जुरी हुनु पर्नेछ ।
(२) अङ्ग ग्रहण गर्ने व्यक्ति नाबालक तथा निर्णय गर्न नसक्ने अवस्थाको भएमा त्यस्तो व्यक्तिको तर्फबाट निजको नजिकको नातेदारले त्यस्तो मन्जुरी दिन सक्नेछ ।