दफा २२
अङ्ग झिक्दा वा अङ्ग प्रत्यारोपण गर्दा अपनाउनु पर्ने प्राविधिक कुराहरु
यस ऐन बमोजिम अङ्ग झिक्दा वा झिकिएको अङ्गको सुरक्षित रुपमा संचय गर्दा वा अङ्ग प्रत्यारोपण गर्दा अपनाउनु पर्ने आधुनिक चिकित्साशास्त्र सम्बन्धी प्राविधिक कुराहरु तोकिए बमोजिम हुनेछ ।