दफा १२
अङ्ग प्रत्यारोपण समन्वय समिति
(१) यस ऐनमा लेखिएका अन्य काम, कर्तव्य तथा अधिकारका अतिरिक्त अङ्ग प्रत्यारोपण सम्बन्धमा नीति, योजना तथा कार्यक्रम तयार गरी नेपाल सरकारमा पेश गर्नको लागि देहाय बमोजिमका अध्यक्ष तथा सदस्यहरु भएको एक अङ्ग प्रत्यारोपण समन्वय समिति गठन हुनेछ ः-
(क) नेपाल सरकारले मनोनीत गरेको वरिष्ठ चिकित्सक – अध्यक्ष
(ख) नेपाल सरकारबाट मनोनीत चिकित्सक तीनजना – सदस्य
(ग) प्रतिनिधि, राजपत्रांकित प्रथम श्रेणी वा सो सरह मन्त्रालय – सदस्य
(घ) प्रतिनिधि, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय – सदस्य
(ङ) प्रतिनिधि, नेपाल मेडिकल काउन्सिल – सदस्य
(च) प्रतिनिधि, नेपाल मेडिकल एशोसिएशन – सदस्य
(छ) महानिर्देशक, स्वास्थ्य सेवा विभाग – सदस्य–सचिव
(२) उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम मनोनीत अध्यक्ष तथा सदस्यहरुको पदावधि दुई वर्षको हुनेछ र पदावधि समाप्त भएपछि निजहरु पुन मनोनयन हुन सक्नेछन्।
(३) ………………
(४) समितिले आवश्यक देखेमा कुनै विशेषज्ञ वा सल्लाहकारलाई समितिको बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
(५) समितिको बैठक सम्बन्धी कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
(६) समितिका लागि आवश्यक बजेट नेपाल सरकारले उपलब्ध गराउनेछ ।
(७) समितिका अध्यक्ष तथा सदस्यहरुको बैठक भत्ता तथा अन्य सुविधा तोकिए बमोजिम हुनेछ ।
(८) समितिको सचिवालय नेपाल सरकारको स्वास्थ्य सेवा विभागमा रहनेछ ।