दफा २३
अङ्ग प्रत्यारोपण सम्बन्धी अपराध
दफा १२क., १२ख., १२ग., १२घ., १२ङ., १२च., १२छ., १२ज., १२झ., १३, १४, १५, १६ र १७ मा उल्लिखित व्यवस्था विपरीत हुने गरी कसैले कसैको अङ्ग झिकेमा वा त्यसरी झिकिएको अङ्ग कसैलाई प्रत्यारोपण गरेमा वा अन्य काममा प्रयोग गरेमा वा त्यस्तो कार्यमा प्रत्यक्ष रुपमा संलग्न भएमा यस ऐन बमोजिम अपराध गरेको मानिनेछ ।