दफा २०
अत्यावश्यक सेवा कटौती गर्न नहुने
: प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएतापनि दफा १० को उपदफा (२) बमोजिम कुनै कम्पनीको सम्बन्धमा दामासाहीसम्बन्धी कारबाही प्रारम्भ गर्न अदालतले आदेश दिएकोमा त्यस्तो आदेश दिएको मितिबाट सो कारबाही पूरा नभएसम्म विद्युत, खानेपानी, ढल निकास, ग्यास, टेलिफोन वा अन्य दूरसञ्चारका सेवा जस्ता अत्यावश्यक सेवा आपूर्ति गर्ने संस्था वा व्यक्तिले अदालतको अनुमति बिना त्यस्तो कम्पनीलाई उपलब्ध गराउँदै आएको सेवा रोक्न वा कटौती गर्न पाइने छैन ।