नियम ७क
अदालत तोक्ने
(१) ऐनको दफा ७ को प्रयोजनको निमित्त अदालतमा जिल्ला अदालतलाई तोकिएको छ ।
(२) ऐनको दफा ८ को उपदफा (२) र (३) को प्रयोजनको लागि अदालतमा “पुनरावेदन अदालत” लाई तोकिएको छ ।
(३) ऐनको दफा ८क. को उपदफा (१) र (२) को प्रयोजनको लागि सम्बन्धित जिल्ला अदालत र उपदफा (३) को प्रयोजनको लागि सम्बन्धित पुनरावेदन अदालत तोकिएको छ ।