दफा ७०
अदालतको आदेशबाट हटाउन सकिने
: (१) यस ऐनबमोजिम नियुक्त पुनर्संरचना व्यवस्थापक वा लिक्विडेटरले निजलाई तोकिएको कुनै कम्पनीको दामासाहीसम्बन्धी कारबाही गर्दा यस ऐनबमोजिम नगरेको भन्ने उजूरी परेमा वा निजको आचरण यस ऐन विपरित भएमा अदालतले निजलाई हटाउने आदेश दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको आदेश दिनुअघि सम्बन्धित व्यक्तिलाई सफाईको मौकाबाट बञ्चित गरिने छैन ।