दफा
अदालतको प्रशासनिक नियन्त्रण
(१) सर्वोच्च अदालतको निर्देशनको अधीनमा रही अदालतको काम कारबाहीको नियन्त्रण गर्ने जिम्मेवारी अध्यक्षको हुनेछ।
(२) अध्यक्षले अदालतको कार्य सम्बन्धी विवरण प्रत्येक महिना प्रधान न्यायाधीश समक्ष पठाउनु पर्नेछ।
(३) अदालतका कर्मचारीहरूको पदीय कर्तव्य, अनुशासन र्‌ आचरणका विषयमा अध्यक्षले रजिस्ट्रारलाई आवश्यक निर्देशन दिनेछ।