दफा २९
अदालतमा प्रश्न उठाउन नसकिने
देहायका विषयमा कुनै पनि अदालतमा प्रश्न उठाउन सकिने छैनः–
(क) मतदाता नामावलीमा कुनै व्यक्तिको नाम दर्ता भएको वा नभएको वा दर्ता गर्न हुने वा नहुने भन्ने विषयमा, र
(ख) नाम दर्ता अधिकारी वा निजले खटाएको अधिकार प्राप्त व्यक्तिले मतदाता नामावली तयार गरेको वा यस परिच्छेद बमोजिम सम्बन्धित अधिकारीले मतदाता नामावलीमा थपघट गरेको विषयमा ।