नियम ३७
अदालतमा रहेका निसिल कागजपत्रको सुरक्षा
(१) अदालतमा रहेका मिसिल कागजपत्रको सुरक्षा गर्नु स्रेस्तोदाको कर्तव्य हुनेछ ।
(२) मुद्दा हेर्ने अधिकारीको आदेश बेगर अदालतमा रहेका कुनै पनि मिसिल कागजपत्र र से्रस्ता किताबहरू अदालत भवन बाहिर लैजान र अनाधिकृत व्यक्तिलाई देखाउन हुंदैन ।