दफा १२३
अदालतले प्रतिबादी कायम गर्ने

(१) कुनै व्यक्ति उपर अदालतमा फिरादपत्र नपरे पनि कुनै मुद्दाको कारबाही, सुनुवाई वा किनारा गर्दा कुनैव्यक्तिको हक, हित, दाबी वा सरोकार प्रभावित हुने देखिएमा, बादीले पेश गरेको फिरादपत्रमा वा प्रतिबादीले पेशगरेको प्रतिउत्तरपत्रको लेखाइबाट फिराद दाबी लिएको विषयमा अन्य व्यक्तिको समेत संलग्नता रहेको देखिन आएमा वाअन्य कुनै मनासिब कारणले कुनै व्यक्तिसँग केही कुरा बुझ्नु पर्ने भएमा अदालतले त्यसको कारण खुलाई त्यस्तोव्यक्तिलाई बुझ्न आदेश दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम कुनै व्यक्तिलाई बुझ्नु परेमा बाटोको म्याद बाहेक सात दिनको म्याद दिनु पर्नेछ र त्यसरीदिइएको म्यादभित्र त्यस्तो व्यक्ति अदालतमा उपस्थित भएमा निजको बयान गराउनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम बुझिएको व्यक्तिले प्रमाण खुलाई बयान दिन चाहेमा अदालतले निजको बयान अभिलेख गर्नु पर्नेछ रनिजले लिखित रूपमा जवाफ पेश गर्न चाहेमा सात दिनमा नबढाई मनासिब समय दिई लिखित जवाफ पेश गर्न आदेश गर्नुपर्नेछ ।
(४) उपदफा (३) बमोजिमको बयान वा लिखित जवाफबाट फिराद दाबीको विषयमा त्यस्तो व्यक्तिको पनि सरोकार वा संलग्नतारहेको देखिएमा वा अदालतबाट फैसला गर्दा निजको हक, हित, दाबी वा सरोकार समेत प्रभावित हुने भएमा अदालतलेनिजलाई प्रतिबादी सरह तारिखमा राख्नु पर्नेछ ।
(५) उपदफा (३) बमोजिम कुनै व्यक्तिले पेश गरेको लिखित जवाफ वा गराएको बयानबाट त्यस्तो व्यक्ति प्रमाण सरह मात्रदेखिन आएमा अदालतले निजलाई तारिखमा राख्नु पर्ने छैन ।