नियम १८
अधिकार क्षेत्रको प्रयोग
: ।१) बाल इजलासको अधिकार क्षेत्रको प्रयोग न्यायाधीश, समाजसेवी, वाल मनोविज्ञ वा वाल विशेषज्ञले सामूहिक रूपमा गर्नेछन्‌ ।

(२) उपनियम “(१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बाल इजलासमा समाजसेवी, बाल मनोविज्ञ वा बाल विशेषज्ञ उपलब्ध नभएको वा अन्य कुनै कारणले अनुपस्थित रहेको अवस्थामा पनि न्यायाधीशले मुद्दाको सुनुवाइ, कारबाही र किनारा गर्न वाधा पर्ने छैन ।

(३) मुद्दाको सुनुवाइ गर्दा न्यायाधीश, समाजसेवी, बाल मनोविज्ञ वा बाल विशेषज्ञ बीच मतैक्य नभएमा कानूनी प्रश्नमा न्यायाधीशको निर्णय मान्य हुनेछ ।

(४) फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ बमोजिम सजाय निर्धारण गर्नु पर्ने अवस्था भएमा न्यायाधीशले समाजसेवी, बाल मनोविज्ञ वा बाल विशेषज्ञको राय समेतलाई विचार गरी निर्धारण गर्नेछ । (५) बाल इजलासका लागि नियुक्त भएका समाजसेवी तथा बाल मनोविज्ञ वा बाल विशेषज्ञ आफूले सामाजिक, मनोसामाजिक वा मनोवैज्ञानिक अध्ययन प्रतिवेदन .पेश गरेको बालबालिका पक्ष रहेको मुद्दा र प्रचलित कानून बमोजिम हेर्न नमिल्ने मुद्दाको सुनुवाइ प्रक्रियामा सहभागी हुन पाउने छैनन्‌ ।