नियम ५क
अधिकार प्रत्यायोजन सम्बन्धी बिशेष व्यवस्था:
(१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छुट्टै मन्त्री नियुक्त भएकोमा कार्य विभाजन नियमावली बमोजिम सो कार्यालय अन्तर्गत कार्य विभाजन भएका काम मध्ये नेपालको संबिधान तथा प्रचलित कानून बमोजिम प्रधानमन्त्रीले नै गर्ने भनी तोकिएका काम बाहेक अन्य काम त्यस्तो मन्त्रीले फर्छ्यौट गर्ने गरी प्रधानमन्त्रीले अधिकार प्रत्यायोजन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम कामको फर्छ्यौट गर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रीले यस नियमावली तथा प्रचलित कानून बमोजिम विभागीय मन्त्रीलाई प्राप्त अधिकारको प्रयोग गर्नेछ ।
(२) उपनियम (१) बमोजिम कामको फर्छ्यौट गर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रीले यस नियमावली तथा प्रचलित कानून बमोजिम विभागीय मन्त्रीलाई प्राप्त अधिकारको प्रयोग गर्नेछ ।