दफा ५क
अधिकार प्रत्यायोजन :

नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यो ऐन अन्तर्गतको आफ्नो सबै वा कुनै अधिकार तथा कर्तव्य सोही सूचनामा तोकिएको कुनै अधिकारीले प्रयोग तथा पालन गर्न पाउने गरी प्रत्यायोजन गर्न सक्ने छ र सो अधिकारीले दिएको आदेश वा निर्देशन नेपाल सरकारले दिए सरह मानिनेछ ।