दफा १९
अधिकार प्रत्यायोजन :
(१) परिषद्ले यो ऐन बमोजिम आफूलाई प्राप्त अधिकार आवश्यकता अनुसार अध्यक्ष, उपाध्यक्ष, सदस्य, दफा १० बमोजिमको कार्य सञ्चालन
समिति वा दफा ११ बमोजिमको उपसमितिलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(२) अध्यक्षले आफूलाई प्राप्त अधिकार आवश्यकतानुसार परिषद्को कुनै सदस्य वा अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।