दफा २२
अधिकार प्रत्यायोजन
: समितिले यो ऐन बमोजिम आफूले पाएको अधिकार मध्ये सबै वा केही अधिकार प्रतिष्ठानको कार्यकारी निर्देशक वा अन्य कुनै कर्मचारीहरुलाई प्रत्यायोजन गर्न सक्नेछ । कार्यकारी निर्देशकले ऐन नियम अन्तर्गत आफूले पाएको अधिकारमध्ये सबै वा केही अधिकार प्रतिष्ठानको उप कार्यकारी निर्देशक वा अन्य कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।