नियम ५
अधिकार प्रत्यायोजन
(१)/ मन्त्रिपरिषद्ले आफूलाई प्राप्त अधिकार मध्ये
केही:अधिकार नेपाल राजपत्रमा सूचना प्रकाशन गरी
कुनै मन्त्रीलाई प्रत्यायोजन गर्न सक्नेछ।
(२) मन्त्रीले आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार राज्यमन्त्री वा सहायक मन्त्री वा आफ्नो मातहतको सचिवलाई प्रत्यायोजन
गर्न सक्नेछ ।
(३) सचिवले आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार आफ्नो मातहतका अधिकृत
कर्मचारीसम्मलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(४) विभाग वा सो सरहको कार्यालयका प्रमुख, महानिर्देशक वा सो सरहका अधिकृतले आफूलाई
प्राप्त अधिकारमध्ये केही अधिकार विभाग वा सो सरहका कार्यालयभित्र रहेका अधिकृत वा सो सरहका

(५) उपनियम (१), (२), (३) वा (४) बमोजिम अधिकार प्रत्यायोजन गर्ने प्रक्रिया लिखित रुपमा हुनु
पर्नेछ र एक पटक अधिकार प्रत्यायोजन गरी सकेपछि विशेष कारण परी अधिकार पुन फिर्ता लिनु पर्ने भएमा
अधिकार फिर्ता लिने अधिकृतले आफूभन्दा एक तह माथिका अधिकृतको लिखित रुपमा स्वीकृति लिएर मात्र
फिर्ता लिन सक्नेछ । विभागीय मन्त्रीले प्रत्यायोजित अधिकार पुन फिर्ता लिनु परेमा प्रधानमन्त्रीसमक्ष पेश गर्नु
पर्नेछ ।
(६) आफूलाई प्रत्यायोजित अधिकार प्रयोग गर्नु सम्बन्धित अधिकारीको जिम्मेवारी र कर्तव्य हुनेछ ।
(७) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (१) बमोजिम मन्त्रिपरिषद्ले प्रत्यायोजन गरेको अधिकार र नियम ४ को उपनियम (२) वा (३) बमोजिमको अधिकार प्रत्यायोजन गर्न पाइने छैन।