दफा ७१घ
अधिकार प्रत्यायोजन
: कुनै निकाय वा अधिकारीले यस ऐन बमोजिम आफूलाई प्राप्त अधिकार आफू मातहतको कुनै निकाय वा अधिकारीले प्रयोग गर्न पाउने गरी प्रत्यायोजन गर्न सक्नेछ ।
तर मुद्दाको कारबाही र किनारा गर्ने यस ऐन बमोजिमको अधिकार प्रत्यायोजन हुने छैन ।